Volksgeist (जनभावना) सिद्धान्त
- सिद्धान्त
- Volksgeist (जनभावना) सिद्धान्त
- विधिशास्त्री
- Friedrich Carl von Savigny
- विवरण
कानुन सोचविचार गरी बनाइने होइन, यो Volksgeist अर्थात् जनताको साझा चेतना, चालचलन र साझा भावनाबाट प्राकृतिक रूपमा विकसित हुन्छ। Savigny ले विधायकले कानुन सिर्जना गर्न सक्छ भन्ने प्राकृतिक कानुन/तर्कवादी मान्यताको विरोध गर्दै, साँचो कानुन भाषाझैँ राष्ट्रको इतिहासबाट क्रमशः विकसित हुन्छ भन्ने धारणा राख्छन्।